काठमाडौं ।
चालु आर्थिक बर्ष २०८२/८३ को सात महिनामा नेपालमा १२ खर्ब ६१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती विषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

यो गत आवको यसै अवधीको तुलनामा ३९.८ प्रतिशतले बढी हो । माघ महिनामा मात्रै भने झण्डै दुई खर्ब रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा देखिन्छ ।
‘आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘२०८२ माघ महिनामा विप्रेषण आप्रवाह रु. १९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाहरु १३७ अर्ब ५० करोड रहेको थियो ।’