सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

इरान युद्धको असरः थप बढ्यो डलरको मूल्य

इरान युद्धको असरः थप बढ्यो डलरको मूल्य

काठमाडौं । 

शुक्रबार नेपाली मुद्रा बजारमा अमेरिकी डलरको मूल्य थप बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खरिद मूल्य १४७.२१ रूपियाँ र बिक्री मूल्य १४७.८१ रूपैयाँ तोकेको हो । बिहीबार डलरको खरिद मूल्य १४६.९७ र बिक्री मूल्य १४७.५७ रूपियाँ थियो । 

पछिल्लो समय मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । त्यसले गर्दा विश्वका ठूला लगानीकर्ताले सुरक्षित लगानीका लागि डलरको खरिद गरेका छन् । यी यस्ता कारण अहिले विश्व बजारमा डलरको मूल्य बढेको छ । त्यसपछि भारतमा पनि यसको मूल्य बढ्न गएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । 


पछिल्लो समय मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ, त्यसले डलरको मूल्य बढाएको छ । 



नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ । त्यसले गर्दा भारतमा यसको मूल्य परिवर्तन हुँदा नेपालमा पनि सोही अनुसार यसको मुल्य परिवर्तन हुन्छ । 

कुन देशको मुद्राको मूल्य कति ? 




सम्वन्धित समाचार