बुधबार २० जेठ, २०८३ | Wednesday Jun 03, 2026
युनिकोड

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

author बित्त खबर संवाददाता author मङ्गलबार १२ जेठ, २०८३
समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

काठमाडौँ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तीन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिले सोमबार १७ सय भन्दा बढी ऋणीको नाम सार्वजनिक गरेको हो ।

समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका एक हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

समितिले सोमबार घेदुङ बहुउद्देश्यीय

सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।

साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणी

हरूले कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ ।\

ऋणीहरूको नाम हेर्न यो लिंकमा जानुहोस् - 

https://www.coopmc.gov.np/content/13260/list-of-debtors-of-ghedung-declared-troubled-/

 

सम्वन्धित समाचार