बुधबार २० जेठ, २०८३ | Wednesday Jun 03, 2026
युनिकोड

१० महिनामा एक खर्ब ६० अर्बको जीवन बीमा व्यवसाय, १४ प्रतिशतको वृद्धि

author बित्त खबर संवाददाता author बुधबार १३ जेठ, २०८३
१० महिनामा एक खर्ब ६० अर्बको जीवन बीमा व्यवसाय, १४ प्रतिशतको वृद्धि

काठमाडौं । 
चालु आर्थिक बर्ष २०८२/८३ को १० महिनामा जीवन बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले जीवन बीमा व्यवसायमा सो बराबरको वृद्धि देखाएको हो । 


हाल नेपालमा १४ ठूला र तीन लघु गरेर १७ जीवन बीमा कम्पनी छन् । गत आवको १० महिनामा उनीहरूले एक खर्ब ४० अर्ब ३५ करोड दुई लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको १० महिनामा भने एक खर्ब ५९ अर्ब ९६ करोड ५८ लाख रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 
 

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले ४१ अर्ब १६ करोड ६६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । उक्त कम्पनीले १९ अर्ब दुई करोड ५९ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १६ अर्ब ८४ करोड २८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
 

हेर्नुहोस्, कुन कम्पनीले कति संकलन गरे बीमाशुल्क ?  रकम रु. लाखमा
 

कम्पनीकुल सक्रिय रहेको बीमालेखको संख्याप्रथम बीमाशुल्क 
ong>
नवीकरण बीमाशुल्ककुल बीमाशुल्क
नेपाल लाइफ इ. कम्पनी लि.1,922,619 91,389.53 320,276.55 411,666.08 
नेशनल लाईफ इ. कं.लि.1,315,661 50,409.02 139,850.35 190,259.37 
लाइफ इ. कर्पोरेशन (नेपाल) लि.696,292 27,665.05 140,763.51 168,428.56 
हिमालयन लाइफ इ.लि.420,079 19,625.79 125,926.38 145,552.17 
राष्ट्रिय जीवन बीमा क. लि.600,028 10,859.62 90,103.16 100,962.78 
सुर्यज्योति लाइफ इ. क. लि.600,379 24,603.01 70,487.42 95,090.42 
एशियन लाइफ इ. क. लि.587,293 19,363.72 60,788.54 80,152.26 
सिटिजन लाइफ इ. क. लि.708,665 22,088.67 45,787.87 67,876.53 
सानीमा रिलायन्स लाइफ इ. लि.430,416 16,218.16 43,586.04 59,804.20 
आइएमई लाइफ इ. क. लि.637,972 19,302.69 35,724.08 55,026.77 
मेट लाइफ 707,909 12,977.49 42,021.80 54,999.29 
रिलायबल नेपाल ला. इ. क. लि.2,423,429 16,504.85 32,910.03 49,414.88 
प्रभु महालक्ष्मी लाइफ इ. लि.274,015 13,981.87 33,025.68 47,007.55 
सन नेपाल लाइफ इ. क. लि.360,126 9,596.51 25,911.67 35,508.18 
क्रेष्ट माईक्रो लाईफ इ. लि.555,350 3,260.70 233.56 3,494.26 
गार्डियन माईक्रो लाईफ इ. लि. 1,491,899 3,284.40 181.74 3,466.14 
लिवर्टी माइक्रो लाइफ इ. लि.389,775 2,328.44 367.61 2,696.04 

सम्वन्धित समाचार