काठमाडौं ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्ष २०८३–८४ को बजेट निर्माणको अन्तिम समयमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले आठ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् ।
बजेट सुझावमा माग्दै अर्थमन्त्री डा.वाग्लेले भने, ‘बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ ।’
उनले अग्रजले देखाएको बाटोमा नै अगाडि बढ्ने बताए । ‘हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकुल थिए कति प्रतिकुल । तर, उदेश्य सबैको पवित्र र एउटै थियो, देश र जनताका लागि राम्रो गर्ने,’ उनले भने, ‘तर, परिस
्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ । नयाँ परिस्थितिमा अब हामी आएका छौँ । हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै समृद्धि हासिल गर्ने हो ।’
छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह गरे । तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ ।
पूर्व अर्थमन्त्री शंकर कोइरालाले विद्युत् व्यापारका लागि निजि क्षेत्रलाई खुला गर्नुपर्ने बताए । हेजिङ पोलेसी अगाडि बढाउनुपर्ने पनि उनको भनाइ छ ।
यस्तै, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले साढे २० खर्बको बजेट ल्याउन सुझाव दिए । त्यसमा १६ देखि १७ खर्ब खर्च हुन सक्ने उनको भनाइ छ । यसैगरि ठूलो महत्त्वाकांक्षी राजश्व लक्ष्य नबनाउन पनि उनले आग्रह गरे ।
पूर्व अर्थमन्त्री डा. प्रकाशचन
्द्र लोहनीले सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाउनुपर्ने बताए । काम गर्नेलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्यटनको क्षेत्रमा गहन काम गर्नुपर्ने बताए । सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउनुपर्ने उनको भनाइ छ।
पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता ‘हुने खाने’लाई दिन नहुने बताए । नेपाल एयरलाइन्सलाई निजीकरण मोडलमा चलाउनुपर्ने पनि उनको भनाइ छ ।
यस्तै, पूर्व अर्थमन्त्री वर्षमान पुनले पर्यटन पुर्वाधारमा लगानी गर्नुपर्ने बताए । भारतका मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रास्वपाको वाचा पत्रलाई पूर्ण परिपालन गर्ने गरि बजेट ल्याउनुपर्ने बताए । यसैगरि पूर्व अर्थमन्त्री जनार्दन शर्माले निर्मम भएर सरकारी खर्च कटौती गर्नुपर्ने बताए ।