बुधबार २० जेठ, २०८३ | Wednesday Jun 03, 2026
युनिकोड

अब बैंकहरुलाई दैनिक स्थायी निक्षेप सुविधा, ब्याजदर थप घट्ने नदिने रणनीति

author बित्त खबर संवाददाता author बुधबार १३ जेठ, २०८३
अब बैंकहरुलाई दैनिक स्थायी निक्षेप सुविधा, ब्याजदर थप घट्ने नदिने रणनीति

काठमाडौं । 
अब केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई दैनिक रुपमा स्थायी निक्षेप सुविधा दिने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक परिपत्र जारी गर्दै दैनिक रुपमा स्थायी निक्षेप दिने घोषणा गरेको हो । 
यो व्यवस्था बुधबारदेखि नै लागू हुनेछ । यसअघि हप्तामा तीन दिन स्थायी निक्षेप सुविधा दिने व्यवस्था थियो । बैंकहरुले प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउने व्यवस्था थियो । त्यसमा आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई व्याज सह

ित भुक्तानी गरिने व्यवस्था थियो ।  
तर, अब दैनिक रुपमा यस्तो सुविधा दिने राष्ट्र बैंकको भनाइ छ । ‘यस बैंकको मिति २०८३÷०२÷१२ को निर्णयानुसार यस बैंकबाट इजाजतपत्रप्राप्त ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइदै आएको स्थायी निक्षेप सुविधा मिति २०८३÷०२÷१३ गतेदेखि लागू हुनेगरी यस बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समय भित्र उपलब्ध गराइने र यसरी उपलब्ध गराइएको सुबिधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजे पश्चात् सम्बन्धित संस्थाको खातामा जम्मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाश
न गरिएको छ,’ केन्द्रीय बैंकको सुचनामा भनिएको छ । 
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भनेको थियो । त्यसको केही सातामै राष्ट्र बैंकले नयाँ निर्णय गरेको हो । यसले ब्याजदर करिडोर कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय कर्जाको माग न्यून छ । त्यसले गर्दा बैंकहरुले व्याजदर निकै सस्तो बनाएका छन् । अन्तरबैंक कारोबार पनि ब्याजदर करिडोरको भन्दा कम दरमा हुने गरेको छ । त्यो अवस्थामा बैंकहरुमा भएको तरलता केन्द्रीय बैंकमा तानेर ब्याजदरलाई सन्तुलनमा राख्न खोजिएको हो ।

 

सम्वन्धित समाचार